२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लेभिट र एंगलब्रेक्टको विश्व कीर्तिमानमा नेदरल्यान्ड्सको टी-२० आई इतिहासकै उच्च योगफल

Levitt and Englebrecht's world record for Netherlands' highest total in T20I history

काठमाडौं । युवा ओपनर माइकल लेभिट र साइब्रान्ड एंगलब्रेक्टको विश्व कीर्तिमानी साझेदारीमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनायो । यो नेदरल्यान्ड्सको टी-२० आईको उच्च योगफल हो । नेदरल्यान्ड्सको यसअघि टी-२० आईमा उच्च योगफल २०२१ मा नेपालविरुद्ध २०९ रन थियो ।

माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले । नेपालविरुद्ध डेब्यू गरेका लेभिट आफ्नो दोस्रो खेलमै नेदरल्यान्ड्सबाट टी-२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । २०२१ मा म्याक्स ओडाउडले मलेसियाविरुद्ध त्रिवि मैदानमै १३३ रनको शतकीय इनिङ खेलेका थिए ।

साइब्रान्ड एंगेलब्रेक्ट ४० बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । नेदरल्याण्ड्सले ओपनर म्याक्स ओडाउडलाई ५ रनमै गुमाएको थियो । दोस्रो विकेटका लागि लेभिट र एंगेलब्रेक्टले १९३ रनको विश्व कीर्तिमानी साझेदारी गरे । यो टी-२० आईमा दोस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । उनीहरुले स्कटल्यान्डका हरिस र ब्रेन्डन म्याकुलेनले २०२३ मा इटालीविरुद्ध दोस्रो विकेटका लागि गरेको १८३ रनको साझेदारी तोडेका हुन् ।

तेजा निणामानिरु ३ बलमा ३ छक्कासहित १८ रनमा रन आउट भए । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बेन सिकोंगो र जान फ्रेलिंकले १-१ विकेट लिए । नामिबियाले नेपाललाई २० रनले हराएको थियो । नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस