२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिटीको‌ जितमा हालान्डको ५ गोल

Holland scored 5 goals in City's win

एजेन्सी । एर्लिङ हालान्डले ५ गोल गरेपछि एफए कपमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ६-२ ले पराजित गरेको छ। सिटी एफए कपको‌ क्वाटरफाइनलमा पुगेको छ । दोस्रो पटक एकै खेलमा ५ गोल गरेका हालान्डको सिटीका लागि त्यो आठौं ह्याट्रिक हो। पहिलो हाफमा‌नै हालान्डले ह्याट्रिक गरेपछि सिटी पहिलो हाफमा ३-१ ले अघि बढेको थियो।

तेस्रो मिनेटमा पहिलो गोल गरेका हालान्डले १८ औं मिनेटमा दोस्रो र ४० औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरेका‌ थिए। लुटनका लागि क्लार्कले ४५ औं र ५२ औं मिनेटमा गोल गरेका खेल प्रतिस्पर्धात्मक बनेको थियो। तर हालान्डले ५५ औं र ५८ औं मिनेटमा गोल गरेपछि‌ सिटी पुनः बलियो अवस्थामा पुगेको थियो। सिटीका मेटाउले गोल गर्दै गोलअन्तर बढाएका थिए। हालान्डका पहिलो ४ गोलमा केभिन डि ब्रुएनेले असिस्ट गरेका‌ थिए।

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस