२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाम २ को उपचुनाव : वैशाख १५ मा मतदान, सुवास नेम्वाङ्गका छोरा उम्मेदवार

१४ फागुन, काठमाडौं । इलाम २ र बझाङ १ (१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

२४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ । १५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ताको समय तोकिएपछि उम्मेदवारको चर्चा सुरु भएको छ । नेकपा (एमाले) का अत्यन्तै शालिन नेता स्वर्गीय सुवासचन्द्र नेम्वाङ्गको क्षेत्र भएकाले यो क्षेत्रमा एमालेले जसरीपनि चुनाव जित्ने उम्मेदवार पठाउने रणनीति बनाएको छ ।

अर्का उम्मेदवार गठबन्धनबाट नै हुने देखिन्छ । एमालेले अहिलेसम्म स्वर्गीय नेताको क्षेत्रमा पद रिक्त भएको अवस्थामा सोही परिवारबाट उम्मेदवार बनाउँदै आएको छ । अरु दलहरुलेपनि त्यही गर्दै आएका छन् । मदन भण्डारीको निधनपछि विद्यादेवी भण्डारीलाई उक्त स्थानमा टिकट दिइयो । कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई भण्डारीले हराउनुभयो । यता अरु धेरै रिक्त पदमापनि त्यही भएको छ ।

इलामको हकमा नेम्वाङ्गका छोरा सुहाङ्ग परिवारको सदस्य मात्र भएर हैन अत्यन्तै क्षमतावान् र योग्य व्यक्ति भएका कारण अहिले उहाँले स्वतन्त्र रुपमा नै उम्मेदवारी दिएपनि जित्ने देखिन्छ । एमालेले त्यो बुझेको छ । जानकारहरुका अनुसार एमालेबाट सुहाङ्गलाई नै उम्मेदवारको टिकट जाने लगभग पक्का छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस