काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले बेलुका चन्द्रागिरीमा नै बास बसेर बिहानै भालेश्वर महादेवको दर्शन गर्नुभएको छ । हिजो बेलुका अध्यक्ष ओलीले आफ्नो फेसबुकमा आज चन्द्रागिरिमा राधिका र म । शुभरात्रि !! लेख्नुभएको थियो ।
आज बिहानै लेख्नुभएको छ, शुभ बिहानी !! भलेश्वर महादेव मन्दिरमा हामी दुई । ।
धार्मिक र ऐतिहासिक घटनाका कारण चर्चित काठमाडौंको चन्द्रागिरि पर्यटकीय गन्तव्यको रूपमा अगाडि आएको छ। ७५ जिल्ला बनाउने क्रममा यस डाँडा काठमाडौँ र मकवानपुरको सीमाना बन्न पुगेपनि मल्ल काल सम्म यो थिएन। यसका वारीपारी सांस्कृतिक रूपमा निकट गोपाली नेवाः समुदायको बसोबास छ। पहिले, मकवानपुरको सीमाना भीमफेदी पछि हुने गर्थ्यो।