काठमाडौं । प्रमुख प्रतिपक्षी (एमाले) ले राजीनामा मागिरहेकै बेला गठबन्धनको प्रमुख घटक कांग्रेसका सांसदले पनि पर्यटनमन्त्री सुदन किरातीको कार्यशैलीलाई लिएर सदनमा असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठककमा बोल्दै उनले नयाँ विमान किन्ने भन्दै १८ करोड कमिसनको खेलमा लागेको आरोप लगाए ।