२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेदरल्याण्ड्ससँग ब्याटिङमा नेपाली टोली, दुई परिवर्तन

News from the center is Netherlands have won the toss and will be fielding first in the TU

१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्ससँग खेल्दैछ । नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने खेलमा नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल आज बेन्चमा छन् भने उनीहरुको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।

आरिफ शेख जारी यस शृखंलामा पहिलो खेल खेल्दैछन् । आरिफले १२ फेब्रुअरीमा क्यानडाविरुद्धको श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल खेलेका थिए । त्यसपछि उनी लिग २ को तीन खेलमा भने बेन्चमा थिए । ओडिआईमा आरिफलाई नेपालको भरपर्दा ब्याटरको रुपमा चिनिन्छ र उनी पार्टटाइम पेस बलिङ पनि गर्छन् ।

आरिफसँगै गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् । गुल्सनले नामिबिया र नेदरल्याण्ड्स विपरुद्धको सुरुवाती दुई खेल खेलेका थिए भने नामिबिया विरुद्धको पछिल्लो खेलमा बेन्चमा थिए ।

जारी शृखंलामा सोमपाललाई पहिलो पटक बेन्चमा राखिएको छ । नेपालको प्लेइङ ११ : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, करण केसी, ललित राजवंशी

बेन्च : देव खनाल, पवन सर्राफ, सोमपाल कामी, सूर्य तामाङ

नेदरल्यान्ड्सको प्लेइङ ११ : म्याक्स ओडाउड, विक्रमजित सिंह, माइकल लेभिट, स्याब्रान्ड एंगेलब्रेक्ट, नोआह क्रस, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान), रोलेफ भान डर मर्वे, बास डि लिडे, आर्यन दत्त, भिभियन किंग्मा

बेन्च : वेस्ली ब्यारेसी, क्याइल केलिन, ओलिभर एलेनबास, शरिज अहमद

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस