२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गायिका अस्मिता अधिकारी फागुन २० गते फुटबलको फाइनलमा प्रस्तुती दिन खोटाङ आउने

Singer Asmita Adhikari

खोटाङ । पछिल्लो पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारी फागुन २० गते खोटाङ आउने भएकी छिन् । दिक्तेलस्थित सोल्माको फुटबल ग्राउण्डमा भइरहेको फुटबल प्रतियोगिताको फाइनलसँगै विशेष सांगीतिक कार्यक्रम हुँदैछ । उक्त सांगीतिक कार्यक्रममा गायिका अधिकारी आफ्नो प्रस्तुती दिन आउन लागेकी हुन् । उनले फेसबुकमा भिडियो सन्देश दिँदै  ‘नमस्ते खोटाङ, म यही फागुन २० गते खोटाङको सोल्मा आउँदैछु, सबै जना आउनुहोस् है’ भनेकी छिन् ।’

कार्यक्रममा उनीसँगै राष्ट्रिय र स्थानीय कलाकारहरुले विशेष प्रस्तुती दिनेछन् । सोल्मा स्पोर्टस् क्लवले यू २३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दैछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित स्पोर्टस् क्लवको खेलमैदानमा आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म उक्त प्रतियोगिता हुनेछ ।’

उक्त प्रतियोगिताको बिजेताले एक लाख २२ हजार दुई सय २२ रूपैयाँ पाउने छ । उपबिजेताले ७१ हजार एक सय ११ रूपैयाँ र समिफाइनलिष्ट दुई टिमले ३५ हजार पाँच सय ५५ रूपैयाँ नगद पुरस्कार पाउने खोटाङ जिल्ला फुटबल संघका अध्यक्ष तथा सोल्मा स्पोर्टस् क्वलका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।’

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस