२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रेखा थापालाई पुत्रीलाभ, तस्बिर सार्वजनिक

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन् । उनले शिशुको तौल साढे चार किलो रहेको र व्यथा लाग्दा आफूलाई निकै गाह्रो भएको बताइन् । तस्बिरमा नवजात शिशु र रेखाका श्रीमान् बलराम शाही ठकुरी पनि देखिएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस