२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेरो शुक्रकिटले काम गर्दैन, म श्रीमती पीडित भए : युट्युबरले २५ लाख बार्गेनिङ गरे -‘म्याकुरी’

काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुन्नीमा खालिङमाथि हिंसा नगरेको बरु आफू पीडित रहेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफू श्रीमती पीडित भएको सार्वजनिक रुपमा बताएका छन् । युट्युबर सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख शेयर गरे । ऋषि धमलाको शो मा समेत खुलेर सबै सुनाए । आफूले अर्को युवतीलाई गर्भवती बनाएको भनेर श्रीमती सुम्निमाले लगाएको आरोपको खण्डन गरे । उनले आफ्नो शुक्रकिटले नै काम नगर्ने दावी गरे ।

‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्य छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो । उनले यसका लागि आफूले औषधि पनि सेवन गरेको सुनाए । कारण यही हो समस्याको जड भन्दा उनले आफ्नो तर्फबाट यो समस्या हो भन्ने नलागेको बताए ।

सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमणलगायतको क्रियाकलाप गर्ने गरेको उनले बताए । उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकारे । अरू पुरुषसँग निकट रहेको थाहा पाएपछि आफूले सुम्निमासँग डिभोर्स मागेको उनले स्पष्ट पारे ।

सुन्नीमा बाहिरको मानिसहरूको उक्साहटमा आफू माथि आक्रामक भएको भन्दै उनले थपे ‘मेरो जिन्दगीलाई बरबाद बनाउन खेल भइरहेको छ ।’ उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत गरेको सुनाए । श्रीमतीलाई उचालेर युट्युबरले २५ लाख बार्गेनिङ गरेको उनले सुनाए । श्रीमतीले आफूलाई दैनिक कुटपीट गर्ने गरेको उनले बताए ।

उनकी श्रीमती सुन्नीमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप सहित पीडित बनाएको भन्दै युट्युबमा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा सुम्निमाले आफू हुँदा–हुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत आरोप लगाएकी थिइन् । आफूविरुद्ध श्रीमती सुम्निमाले विभिन्न आरोप लगाएपछि पवनले युट्युबर सम्मेलन गर्दै आफ्नो कुरो बाहिर ल्याएका हुन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस