२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तपाईले सपनामा यी जनावर देख्नु भयो भने यस्तो फलिफाप हुन्छ

काठमाडौं । शास्त्रमा सपनाका अर्थबारे चर्चा गरिएको छ । कुन सपना देखे कस्तो हुन्छ भन्ने ब्याख्या गरिएको छ । आज हामी उक्त शास्त्रको ब्याख्या तपाईलाई छोटकरीमा बुझ्नेगरी प्रस्तुत गर्दैछौं ।

चरा: तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला ? यहाँ सपनामा चरा देख्दा हुने अर्थको चर्चा गरिएको छ । गिद्ध सपनामा देख्नु भो भने तपाईलाई समस्या पर्न सक्छ । शोक वा नकारात्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन् ।

मयुर देख्नु भो भने पनि तपाईलाई शुभ फल मिल्छ । मयुरमा शनि सवार भएको देख्नु अझै राम्रो मानिन्छ । त्यस्तै सपनामा काग देख्नु भो भने यसले तपाईलाई सुख शान्ति हरण हुने संकेत दिन्छ । ज्योतिष शास्त्रमा सपनामा कौवा देख्दा परिवारमा वादविवाद हुने र अपमान आइलाग्ने उल्लेख छ ।

हात्ति : सपनामा हात्ति देख्नु भो भने यो निक्कै राम्रो मानिन्छ । हात्तिमा लक्ष्मी सवार हुने हुँदा हात्ति सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाइ छ ।

भैसी : सपनामा भैसी देख्नु भो भने मिश्रित फल मिल्छ । यो निक्कै अशुभ पनि होइन तर शुभ पनि होइन ।

घोडा : सपनामा घोडा देख्नु भो भने यसको सुख सम्पति हात लाग्न संकेत गर्छ ।

सर्प : केही अध्यनहरुमा यो पनि भनिएको छ कि तपाईले सपनामा सर्प देख्नु र तपाईको यौन जीवनको निकैं नजिकैको सम्बन्ध रहेको छ । यदि सपनामा सर्प तपाईको ओछ्यानमा देखिन्छ वा सर्पसँग जोडिएको अन्य पुरात देख्नुभयो भने त्यसको सिधै असर तपाईंको यौन ऊर्जासँग हुन्छ । साथै सपनामा सर्प देख्नाले तपाई आफ्नो यौन साथिका बारेमा धेरै कुराहरु जान्न सकनुहुन्छ भन्ने विश्वास छ ।

सर्प र समृद्धि
पुरानो समयमा, सर्पलाई सद्धृदिसँग जोडेर हेर्ने गरिएको थिँयो । यस विश्वासका अनुसार, यदि तपाईंले आफ्नो सपनामा सर्प देख्नुभयो भने, तपाईंले चाँडै सफलता र पैसा पाउँदै हुनुहुन्छ । तपाईले थालेको काममा तपाई सफलताको नजिक हुनुहुनछ । यर्सथ तपाईंले सफलताको मार्गमा आउँने सबै बाधाहरु पार गर्नुभयो ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस