२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विपक्षीले गरे संसद अवरुद्ध, सरकारले कुरा नसुने सदनमात्र हैन सडक रोक्ने रास्वपाको धम्की

१० फागुन, काठमाडौं । विपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् । बालकुमारी घटनाको दोषीलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् । माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौलाले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए । जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए ।

तर, अझैसम्म सरकारी छानबिन समितिले दोषी देखाएका व्यक्ति कारबाहीमा नपरेको भन्दै एमालेसहितका विपक्षी दलहरुले संसद अवरुद्ध गरेका हुन् । गत पुस १३ गते दक्षिण कोरियाको ईपीएस भाषा परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीको दमनबाट दुई युवा (दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाह) को मृत्यु भएको थियो ।

यो घटनापछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । पूर्वडीआईजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य रहेको आयोगले एक महिनाभन्दा बढी समयपछि तयार पारेको प्रतिवेदनमा मन्त्री ज्वालासमेत दोषी रहेको देखाइएको छ । संसदमा उभिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेठले सदनको कुरा नसुने सरकारविरुद्ध सदन मात्र हैन सडक नै अवरुद्ध गर्ने चेतवानी दिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस