२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्री ज्वालाकाे राजीनामा माग्दै जल्न थाल्यो पुत्ला

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ । अनेरास्ववियुका कार्यकर्ताले बिहान ९ बजे एकसाथ देशैभरिका क्याम्पस अगाडि बाट ड्रमर थाल बजाएर प्रदर्शन गरेको हो । सिहंदरवारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै क्याम्पसअगाडि प्रदर्शन गरेका थिए ।

ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल राजीनामा माग गरेका हुन् । सोही क्रममा काठमाडौंको कमर्स क्याम्पसमा ज्वालाको राजीनामा माग्दै पुत्ला दहन गरेका हुन् ।

सो घटनामा प्रहरीको गोली लागेर सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएकोको थियो। बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुका कार्यकर्ताले बुधबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजअगाडि मसाल जुलुस निकालेका थिए ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस