२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शेरबहादुर, गोकुलको उदाहरण दिँदै रघुजीले भने तीन मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले तीन मन्त्रीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डका पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन् ।

उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागेका हुन् । पन्तले भने, ‘कुनै पनि मन्त्री विवादमा पर्नासाथ, झन् भ्रष्टाचारको मुद्दामा पर्नासाथ अख्तियारले मुद्दा चलाउँछ भन्ने थाहा पाएपछि बोलाउनुभन्दा अघि राजीनामा दिएका मन्त्रीहरु छन्। गणतन्त्र कमजोर भयो भने नक्कली आँशु बगाउने अनि गणतन्त्र बलियो बनाउनेतिर नलाग्ने ?’

उनले प्रधानमन्त्रीलाई आफ्नो सत्ता टिकाइराख्ने कुरा स्वीकार्य नभएको भन्दै कारवाही गरेर देखाउन चुनौती दिए । अख्तियारमा बयान दिएर आएका मन्त्रीलाई क्याविनेटमा राखेर सुशासनको गफ नदिन प्रधानमन्त्रीलाई चेतावनी दिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस