२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल ए ले क्यानडाविरुद्ध ब्याटिङ गर्दै, नेपालले गर्यो ४ खास परिवर्तन

Nepal 'A' vs Canada XI

१० फागुन, काठमाडौं । नेपाल एले क्यानडा-११ सँगको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेलमा पहिले ब्याटिङ गर्दैछ । मुलपानी क्रिक्रेट मैदानमा क्यानडा-११ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १-१ को बराबरी गरेको छ । आजको खेलमा नेपालले दोस्रो खेलको प्लेइङ ११ मा ४ परिवर्तन गरेको छ । विवेक यादव, किरण ठगुन्ना, मयन यादव र रिजन ढकाललाई आराम दिंदै आशुतोष घिरैया, सुजन थपलिया, हेमन्त धामी र प्रतिश जिसीलाई खेलाइएको छ । आजको खेल जित्ने टोलीले यो शृङ्खला २-१ ले जित्नेछ । नेपालले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो ।

नेपालको प्लेइङ ११

सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, रासिद खान, सागर ढकाल, साहब आलम, शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि.सी.

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस