२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चर्चित मोडलको आत्महत्या प्रकरणमा फसे आइपिएल स्टार अभिषेक

ipl star abhishek sharma trapped famous models taniya singh suicide case

काठमाडौं । भारतीय क्रिकेटका उदाउँदा स्टार अभिषेक शर्मालाई सुरत प्रहरीले समन पठाएको छ । मोडल तथा फेसन डिजाइनर तानिया सिंहको आत्महत्या प्रकरणमा क्रिकेट खेलाडी शर्मालाई यो समन आएको हो । २७ वर्षीय मोडलको शव प्रहरीले १९ फेब्रुअरीमा एउटा अपार्टमेन्टमा फेला पारेको थियो ।

मोडल सिंह सुरतको भेसु क्षेत्रमा रहेको अपार्टमेन्टमा १९ फेब्रुअरीमा मृत फेला परेकी थिइन् । जसलाई अहिले पनि आत्महत्याको मुद्दा मानिएको छ । रिपोर्टमा मोडल र क्रिकेटर घनिष्ठ साथी भएको खुलासा भएको छ। मृतक एक इभेन्ट म्यानेजमेन्ट कम्पनीमापनि काम गर्थिन् । उनी फेब्रुअरी १८ मा राति अबेर घर फर्केको अधिकारीहरूले बताएका छन्। उनको असामयिक मृत्युको घटनामा प्रहरीले उनको मोबाइल र सामाजिक सञ्जालका गतिविधिको समीक्षा गरिरहेको छ।

प्रारम्भिक अनुसन्धानबाट क्रिकेट अभिषेक शर्मा र मोडलबीचको सम्बन्ध खुलेको स्रोतले पुष्टि गरेको छ । सिंहले शर्मालाई ह्वाट्सएप सन्देश पठाएको भेटिएको छ । तर मृत्युअघि अभिषेकले त्यो सन्देशको जवाफ दिएको देखिन्न । प्रहरीले अभिषेक शर्मासँग सिधै सम्पर्क नगरे पनि प्रहरीले उनलाई औपचारिक सूचना पठाउने निर्णय गरेको छ । सामाजिक सञ्जालमा सिंहका फलोअर्सको संख्या राम्रो छ । तानियालाई उनका बुबा भंवर सिंहले अपार्टमेन्टमा मृत फेला परेका थिए । तर घटनास्थलमा प्रहरीले कुनै सुसाइड नोट फेला नपरेपछि आत्महत्याको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

अभिषेक शर्मा घरेलु क्रिकेटमा पञ्जाबबाट खेल्छन्। उनले सन् २०१७ मा लिस्ट ए टुर्नामेन्ट विजय हजारे ट्रफीमा डेब्यु गरेका थिए। जहाँ शर्माले सन् २०१७(१८ मा रणजी ट्रफीमा डेब्यु गरेका थिए। उनी सन् २०१८ मा न्युजिल्यान्डमा आयोजना भएको यू–१९ विश्वकप टोलीमा पनि सहभागी भइसकेका छन् । उनी हाल आइपिएलमा सनराइजर्स हैदरावादबाट खेलिरहेका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस