२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ?

gold price today nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको रहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस