२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दूध बेचेको पैसा नपाएपछि सडकमा ढोल्दै किसान आन्दोलित, डीडीसीले अझै तिरेन १ अर्ब

Farmers are protesting by beating on the streets after not getting money for selling milk

१० फागुन, काठमाडौं । चितवनका दूध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै ६ फागुनमा भरतपुर बसपार्क चोकमा सयौं लिटर दूध पोखेर आन्दोलन गरेका थिए । उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दैं किसानले दूध सडकमै पोखेर विरोध जनाए ।

चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आबद्ध किसानले दूध पोखेका थिए । उनीहरूले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाए । त्यसपछि किसान फेरि सडकमा नारा लगाउँदै केन्द्रीय बस टर्मिनल चोक पुगेर दूध पोखेका थिए ।

अहिले केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ आह्वानमा देशभरि दूध किसान आन्दोलित नै छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ सञ्चालक कृष्ण सापकोटा यो देशभरि नै गठन भएका जिल्ला संघले अब आन्दोलन थालेको बताए । ‘किसानहरूको ठूलो उपस्थितिमा हामीले आन्दोलन थाल्ने भएका छौं । अहिले देशभरिका किसान ठूलो मर्कामा छन्,’ उनले भने, ‘एक त अहिले दूध बिक्री नै छैन, भएको पनि रकम भुक्तानी पाएको छैन ।’

उनका अनुसार किसानले सहकारी मार्फत बेचेको दूध सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले किनेको हो । त्यसैको भुक्तानी हुन बाँकी करिब १ अर्ब रुपैयाँ जति किसानले पाएका छैनन् । ‘डीडीसीले असोजदेखि किसानहरुको दूधको रकम भुक्तानी गरेको छैन । हुँदा हुँदा निजी डेरी उद्योगले पनि दुई महिनादेखि दूधको पैसा दिएका छैनन्,’ सापकोटाले भने, ‘अनि, किसानले यस्तोमा कसरी दूध उत्पादन गरोस् ? त्यही भएर आन्दोलन सुरु भएको हो ।’

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस