२०८१ असोज १० गते बिहिवार | 2024 September 26th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महासमिति सदस्य नभएकाले बाेलेपछि कांग्रेस बैठकमा विवाद

Discussion on the report will start from today in the General Committee meeting of the Congress

काठमाडौं । ललितपुरको गोदावरीमा बिहीबार जारी नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति सदस्य नै नरहेका व्यक्तिले प्रतिवदेनको छलफलमाथि धारणा राखेपछि विवाद भएको छ। बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि प्रतिनिधिहरूले आपत्ति जनाए। श्रेष्ठ गण्डकीका उपसभापति पनि हुन्।

श्रेष्ठ महासमिति सदस्य नभएको गोरखाका पार्टी सभापति नन्दप्रसाद न्यौपानेले बताए। ‘महासमिति सदस्यले नै बोल्न पाएका छैनन्। प्रतिनिधि नै नभएका व्यक्तिलाई बोल्न समय दिइयो,’ कांग्रेस गण्डकी सचेतकसमेत रहेका उनले भने, ‘विधि मिच्ने काम भएकाले हामीले विरोध गरेका हौं। बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँ र गण्डकी सभापति शुक्रराज शर्माले श्रेष्ठलाई बोल्न दिइएकोमा माफी मागेका छन्।

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस