२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारलाई एमालेको कडा चेतावनी, जनताका मुद्दा कार्यान्वयन नगरे सरकारविरुद्ध सडकमा उत्रिने

काठमाडौं । नेकपा (एमाले) ले जनताको मुद्दा ज्यूँका त्यूँ छाडेर आफू टाढा बस्न नसक्ने भन्दै त्यसका लागि सडकमा उत्रिन नपरोस् भन्दै सरकारलाई चेतवानी दिएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा आएको जनताको सुझाव र समस्या सरकारलाई बुझाइसकेकाले त्यो कार्यन्वयन नभए एमाले आन्दोलनमा उत्रिने संकेत गरे ।

उनले भने, अभियानको सबै जनताको सुझाव र समस्या हामीले सरकारलाई बुझाइसकेको छौँ। बजेट निर्माणको बेलामा छ । जनताका मुद्दाहरूलाई ज्युँका त्युँ छाडेर एमाले टाढा बस्न सक्दैन। जनताको पक्षमा जनतालाई डेलिभरी दिने कुरामा प्रत्यक्ष सरोकार राख्ने कुराहरूमा केन्द्रित रहेर सिंगो देश र सरकारको ध्यानाकर्षण हुने गरी हामीले जनदबाब गर्छौँ। त्यो सदनबाट आवश्यक परे सदन, सडकबाट गर्न परे व्यापक जनपरिचालनसहित गर्नसक्छौं। त्यसले संगठन निर्माणसहित जनताको मुद्दामा ध्यानाकर्षण पनि हुन्छ।

उनले आज बैठकमा प्रस्तुत भएका विषयमा भोलि १० बजेबाट छलफल सुरु हुने जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस