२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले र गठबन्धनलाई समेत पराजित गर्दै रास्वपाका उम्मेदवार विजयी हुने क्रम सुरु

The candidate of RSVP won by defeating the UML and the coalition

८ फागुन, बुटवल । एमाले र गठबन्धनलाई समेत पराजित गर्दै रास्वपाका उम्मेदवार विजयी हुने क्रम सुरु भएको छ । नयाँ शक्तिको रुपमा उदाउने आँकलन गरिएको रास्वपाले आफूलाई टेष्ट गर्न थालेको छ । रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएपछि रास्वपामा उत्साह फैलिएको छ । अब अधिकांश स्थानमा रास्वपाले कब्जा जमाउँदै जाने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रियाहरु आउन थालेका छन् ।

दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट उम्मेदवार बनेका एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका हुन् । चुनावमा रास्वपाका निकटतम प्रतिस्पर्धी कांग्रेस(माओवादी–एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१ म पाए । नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खांडले २८१ मत पाए ।

अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी हुँदा गठबन्धन शून्य भएको छ । अधिकांश पदमा रास्वपाका उम्मेदवारहरुले सत्ता गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा मत ल्याएका छन् । उपाध्यक्षमा बाबुराम ज्ञवाली, सचिवमा सुशील भण्डारी, कोषाध्यक्षमा केशरमणि भण्डारी, सहसचिवमा सजिना केसी, महिला सदस्यमा उमादेवी भण्डारी, मिना गिरी, कल्पना खनाल, सदस्यहरुमा दुर्गाबहादुर थापामगर, जयलाल विक, समुन्द्र भित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी दिए ।

यस्तै लेखा समिति संयोजकमा तमबहादुर विक तथा सदस्यहरुमा कोपिला शाही र कलाधर अर्याल निर्वाचित भएका छन् । यसअघि तिलोत्तमाको खानेपानी संस्थामा एमाले, कांग्रेस र माओवादीसहितको गठबन्धन हुँदा समेत रास्वपाका तीनजना उम्मेदवार कार्यसमिति सदस्यमा विजयी भएका थिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस