२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले ए ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै

८ फागुन, काठमाडौं । नेपाल ए ले क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो ।

नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ । स्पिनर शेर मल्ल, बायाँ हाते ब्याटर सुजन थपलिया, तीव्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल पहिलो खेलमा बेन्चमा थिए । हेमन्त र रिजनले क्यानडासँग ओडीआई खेल खेलेका थिए । स्पिनर शेर र ब्याटर सुजन आज रोजाइमा पर्न सक्छन् । पूर्ण रुपमा फिट नहुँदा आशुतोष घिरैया पहिलो खेला टोलीमा थिएनन् । उनी फिट हुँदा मौका पाउने सम्भावना रहन्छ ।

कप्तान विनोद भण्डारी, सन्दीप जोरा र विवेक यादव प्रमुख खेलाडी हुन् । अर्जुन कुमाल र प्रतिश जि.सीबाट अझ आशा राख्नेछ । मुलपानी पिच स्पिनर सहयोगी हुँदा साहब आलम र सागर ढकालको जोडी पुन: हाबी बन्न सक्छन् । पहिलो खेलमा अर्धशतक प्रहार गरेका बसिर अहमद राम्रो लयमा छन् ।

उता क्यानडा ४५-४ को अवस्थाबाट उक्त खेल ४९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । अर्धशतक प्रहार गरेका नवनित धालिवाल र निखिल दत्तको मनोबल उच्च हुनेछ । ओपनर आरोन जोनसन प्रमुख हिटर हुन् । साद विन जाफर प्रमुख स्पिन अलराउन्डर हुन् ।

तेस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार हुनेछ । त्यसपछि क्यानडा युएई जानेछ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज यूएईअघि क्यानडाले नेपालमा आएर तयारी गरेको हो । नेपालको सिनियर टोलीसँग तीन खेलको ओडीआई सिरिज समेत खेलेको थियो ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस