२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नैतिकता नभएका मन्त्री, हुतीहारा प्रधानमन्त्री : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई नैतिकता नभएको मन्त्रीका रुपमा टिप्पणी गरेका छन् । पार्टी कार्यालयमा मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार भ्रष्टाचार, अनियमितता र कुशासनको बढवा गर्न तर्फ मात्र केन्द्रित भएको बताए ।

‘भ्रष्टाचारमा झण्डा हल्लाउँदै मन्त्री बयान दिने, मानिस मरेको घटनामा मन्त्री दोषी हुने तर मन्त्रीहरुले पद नछोड्ने र प्रधानमन्त्रीले पनि हटाउन नसक्ने’, ओलीले भने, ‘दोषी मन्त्री हो भनेर आयोगले भनेको छ । यस्तो बेला नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री ।’ उनले सरकार आफैँले बनाएको आयोगले दोषी करार गर्दा समेत त्यस्तो मन्त्री बसिरहन मिल्छ, लोकलाज छैन ? भन्दै प्रश्न गरे ।

त्यस्तै अध्यक्ष ओलीले गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको पनि दाबी गरे । गिरीबन्धुमा अदालतको आदेश अनुसार कानूनमात्र बनाएको ओलीको भनाइ छ । ‘हाम्रो समयमा गिरीबन्धु टि स्टेट प्रकरणमा कुनै प्रकारको लेनदेन र सट्टा पट्टा भएको छैन’, पूर्व प्रधानमन्त्री ओलीले भने, ‘अदालतले कानून बनाउनु भनेकाले बनाएको मात्र हो ।’ अध्यक्ष ओलीले ललिता निवास जग्गा प्रकरणमा जोडिएका आफू निकटकालाई सरकारले जोगाएको भन्दै सुन प्रकरणमा पनि सरकारले त्यसै गरेको बताए ।

‘ललिता निवास काण्डमा फ्रम द भेरि विगिनिङ । यो यत्तिकै भयो होला हिनामिना ?’, ओलीले भने, ‘वाइडबडीको गर्नुपर्‍यो नि छानबिन ।’ ओलीले टेरामक्स काण्डमा मन्त्रीहरु नै झण्डा हल्लाएर अख्तियारमा बयान दिइरहेपनि सरकारले बेवास्ता गरेको बताए । उनले सरकारका हरेक निकायलाई कमजोर बनाउने काममा सरकार नै लागि रहेको आरोप लगाए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस