२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा एस स्याङ्जाको सिंगो कमिटी नै एमालेमा बिलय, कम्युनिस्ट बिरोधी कित्ता भन्ने बुझेपछि मनै नअडिएको स्पष्टोक्ती

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई सिंगो टीमसहित नेकपा (एमाले) मा समाहित भएका छन् । थापा र भट्टरार्इसहित सवै नेता–कार्यकर्ताहरूलाई आज पार्टी मुख्यालय च्यासलमा आयोजित विशेष कार्यक्रमबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।

थापा र भट्टरार्इसहित नेकपा एस त्यागेर जिल्ला कमिटीका ४८ जना सदस्यहरू एमालेमा फर्किएका हुन् । उनीहरूले नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि अनवरत रुपमा योगदान पुर्याउँदै आएका नेताहरु हुन् । माधव नेपालको भ्रममा परेर गलत कदम चाल्न पुगेको र सो पार्टी कम्युनिस्ट आन्दोलन बिरोधी मोर्चा प्रमाणित भएकोले मूल घर फर्किएको दुवै नेताले स्पष्ट पारे । थापा र भट्टरार्इसहित सवै नेता–कार्यकर्ता एमालेमा समाहित भएपछि स्याङ्जामा माधव नेतृत्वको नेकपा एस रित्तिएको छ । शून्य बनेको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस