२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने

७ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि–२० सिरिज खेल्ने भएको छ । गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि–२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् ।

चैत्र १७ (३१ मार्च) देखी सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट लेभल (रणजी खेल्ने) गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ । यस सिरिजलाई नेपालले जुनमा खेल्ने टि–२० विश्वकप अघिको तयारीको रुपमा समेत हेरिएको छ । नेपालले पहिलो खेल चैत्र १७ (मार्च ३०) मा गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० (अप्रिल २) मा खेल्नेछ । चैत्र २१ (अप्रिल ३) मा गुजरातसँग खेल्नेछ ।

त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ (अप्रिल ५) मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ (अप्रिल ७) मा हुनेछ । सिरिजका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस