२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इटहरी ७ मा परिवर्तन … एक अभियानको जेष्ठ नागरिक सम्मान तथा भेटघाट कार्यक्रम

इटहरी / सुनसरी। प्रजातन्त्र दिवसको अवसरमा इटहरी ७ मा रहेको बिशुद्ध सामाजिक संस्था परिवर्तन … एक अभियान ले जेष्ठ नागरिक सम्मान तथा भेटघाट कार्यक्रम गरेको छ। इटहरी उप-महानगरपालिका वडा नं ७ भित्र रहेका बृद्ध जो बिरामी परेर थालिएका वा हिड्डुल गर्न नसक्ने अवस्थामा रहेका १० जना जेष्ठ नागरिक लाई उनीहरुकै घर-घरमा गएर भेट गरिएको हो।

उप्त अवसरमा जेष्ठ नागरिक, बिरामी हरु संग भलाकुसारी गर्ने, स्वास्थलाभको कामना गर्ने साथै सम्मान स्वरुप खादा लगाइदिने, जुस तथा फलफुल खान दिइएको थियो। यो पहिलो चरण को कार्यक्रम भएको र आगामी दिनमा पुन एस्तै कार्यक्रम लिएर अर्को चरणमा पनि जेष्ठ नागरिक सँग भेट गर्न जाने परिवर्तन … एक अभियानका अध्यक्ष निश्चल घिमिरे ले बताउनु भयो।

आगामी दिनमा परिवर्तन … एक अभियान सँग सहकार्य गरेर स्वास्थ्य कर्मी समेत लिएर ज्येष्ठ नागरिकहरूको हरेक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गर्ने गरी कार्यक्रम गर्ने योजना रहेको परिवर्तन … एक अभियान सल्लाहकार एवम् इटहरी ७ का जनप्रतिनिधि दिपक घिमिरे ले जानकारी दिनुभयो। कार्यक्रम मा बोल्दै उहाँले भन्नुभयो ज्येष्ठ नागरिकसँग मानव मूल्य र मान्यता, संस्कृतिक तथा सामाजिक सभ्यताको दरिलो सम्बन्ध कायम रहेको हुन्छ । समाजको हरेक विकासको गति र तीव्रतामा पनि ज्येष्ठ नागरिकको भूमिका अतुलनीय रहँदै आएको छ । ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सांस्कृतिक, नैतिक र व्यावहारिक सबै पक्षले उचित छ । एउटा उदाहरणीय र सहयोगी समाजलाई बढावा दिनका लागि पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्नु अति आवश्यक छ । राज्यको नीति एकातिर र व्यवहार अर्कातिर रहेसम्म ज्येष्ठ नागरिकले रोग, भोक, अभाव र भेदभावका पीडाबाट छुटकारा पाउन कठिन हुने भन्दै राज्यको नीति र व्यवहार परिवर्तन गर्न आफुँ हर तरहले लागेको उहाको दाबी थियो।

उप्त कार्यक्रम मा परिवर्तन … एक अभियान उपाध्यक्ष संजय शर्मा,सल्लाहकार सदस्य एवम् जनप्रतिनिधि नेत्र गुरागाईं, सल्लाहकार संयोजक बसन्त पोख्रेल, सह सचिव इन्दिरा गिरि,प्रचार बिभाग प्रमुख सुबास घिमिरे, सदस्यहरु दिनेस गुरागाईं, महेस गुरागाईं, अच्युत चापागाईं, सन्तोस महत, किरण ढुंगेल, सुशिला घिमिरे, प्रमिला घिमिरे, नारायण गुरुङ, रबिन खड्का, रोशन कार्की लगायत को उपस्थिति रहेको थियो।

विश्वमा यस्तो कुनै धर्म वा समुदाय छैन, जसले ज्येष्ठ नागरिकलाई आदर सम्मान गर्ने कुरामा बिमति राख्दछ । हाम्रो सनातन धर्मले त झन् ज्येष्ठ नागरिकलाई जिउँदा देवताको सङ्ज्ञा दिएको छ ।यदि धार्मिक तथा नैतिक विचारमा अडिग भएर लाग्छौँ भने हामीले ज्येष्ठ नागरिकको सम्मान गर्नै पर्दछ । हामीसँग यस्ता धेरै नैतिक दिशानिर्देशहरू छन्, जसले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न जोड दिन्छ । यसमा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार, घरेलु हिंसा र भेदभावविरुद्धको सुरक्षा, निष्पक्षता साथै उनीहरूको मर्यादित जीवनका लागि गरिने दैनिक व्यवहारहरू समावेश गर्न सकिन्छ ।

समाजमा सामाजिक एकता तथा मेलमिलाप कायम राख्नमा ज्येष्ठ नागरिकको ठुलो हात रहेको हुन्छ । समाजलाई कसरी मिलाएर राख्ने, कसलाई के जिम्मेवारी दिने भन्ने कुराको सही हेक्का राख्ने क्षमता पनि ज्येष्ठ नागरिकमा रहेको हुन्छ । यस्तो महत्वपूर्ण जिम्मेवारी बहन गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्नाले नयाँ पुस्तामा साझा जिम्मेवारीको भावना प्रोत्साहित हुन्छ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस