२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले नेताहरुसँग नाम जोडेर समाचार लेखेपछि महिलाले खुलाइन् किशोर श्रेष्ठको रातिको हर्कत

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ फेरि विवादमा तानिएका छन् । नेकपा (एमाले) नेताहरुलाई महिलासँग जोडेर समाचार लेखेपछि उनी विवादमा तानिएका हुन् । एमालेका प्रभावशाली युवा नेताहरु महेश बस्नेत, विशाल भट्टराई, अखिलका पूर्वअध्यक्ष ऐन महर, युवा संघका पूर्वअध्यक्ष राजिव पहारी र पूर्वमन्त्री मोहन बानियाँलाई महिलासँग जोडेर समाचार लेखेपछि समाचारमा जोडिएका महिला पात्रहरुले किशोलाई चर्को गाली गरिरहेका छन् ।

महेशसँग जोडिएकी धादिङकी महिलाले पत्रकारको नामको कलंक किशोर श्रेष्ठ भन्ने ब्यक्ति भनेर सामाजिक सञ्जालमा लेखेकी छिन् । उनले राति ११ः३० बजे सम्म एस एम एस गरेर धम्काएको, मानसिक टर्चर दिएको उल्लेख गरेकी छिन् । म माथि कुनै गलत हर्कत भएमा यो माथि छानबिन होस् । मेरो चरित्र समाप्त गर्न लागेका यस्ता पत्रकारलाई कार्बाही हुनेछ, म कानूनी उपचार खोज्नेछु भनेकी छिन् ।

सबै जना महिलालाई श्रेशा कार्की बनाउने र ०५६ सालको आफ्नो कालो कर्तुत लुकाउने अपराधिक खेल सफल हुने छैन । म मरे पनि बाँचेपनि किशोर श्रेष्ठ र त्यो जस्ता पत्रकार अनि कथित सामाजिक अभियान्ता र मेडिकल व्यवसायी भनौंदाहरुलाई अवश्य सजाय हुने नै छ । तिमीहरुका सबै प्रमाण सुरक्षित छन भन्दै उनले फेसबुकमा नै लेखेकी छिन् । अरु महिला पात्रहरुलेपनि एमाले नेताहरुलाई सिध्याउन रचना रचिएको र आफूहरुको चरित्र हत्या गर्ने योजनाको जालोमा फसाइएको बताएका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस