२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इटहरी उप-महानगरपालिका र युवा संघ बिच फुटबल खेल हुने

इटहरी / सुनसरी। रास्ट्रिय युवा संघ नेपाल इटहरी उप-महानगरकमिटि र उप-महानगर कर्मचारी बीच मैत्रीपूर्ण खेल हुने भएको छ। फागुन ७ गते इटहरी उप-महानगरपालिका वडा नं ५ कब्यबाटिका मा बिहान ९ बजे देखि खेल सुरु हुने छ।

रास्ट्रिय युवा संघ नेपालले काठमाडौँ मा यहि फागुन ११ गते देखि आयोजना गर्न लागेको केपी ओली कप पुटबल को प्रचार प्रसारको निम्ति रास्ट्रिय युवा संघ नेपाल इटहरी उप-महानगरकमिटि र इटहरी उप-महानगर कर्मचारी बीच मैत्रीपूर्ण खेल आयोजना गरिएको रास्ट्रिय युवा संघ नेपाल इटहरी उप-महानगरकमिटि सचिव सुमन कटुवाल ले जानकारी दिए।

केपी ओली कप पुटबल प्रतियोगिता फागुन ११ देखि २० गतेसम्म हुनेछ। प्रतियोगिताको यो दोस्रो संस्करण हो। गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो। दोस्रो संस्करणको केपी ओली कपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक राष्ट्रिय युवा संघलाई फागुन ११ देखि २० गतेसम्मको मिति उपलब्ध गराएको युवासंघका प्रवक्ता निरोज पौडेल ले जानकारी गराएका छन।

एन्फाले प्रतियोगितामा सहभागी हुने टिम तथा क्लबहरु एन्फा तथा जिल्ला फुटबल संघमा आधिकारिक रुपमा आबद्ध भएको हुनुपर्नेछ शर्त राखेको छ।प्रतियोगिताको खेलहरु च्यासलस्थित मैदानमा हुने र फाइनल खेल दशरथ रंगशालमा खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिताको लागि खुल्ला आह्वान गरिने र त्यसपछि सहभागि टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ।नेपालका ए डिभिजन र विदेशी प्रतिष्ठित टिमहरुलाई प्रतियोगितामा सहभागी गराइने आयोजकको भनाइ छ।प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख पाउनेछ।

प्रवक्ता पौडेलका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५०-५० हजार पाउने छन।यस्तै म्यान अफ दि म्याचलाई १५ हजार नगद प्रदान गरिनेछ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस