२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले नेदरल्याण्ड्सलाई १३७ रनमा नै मैदान बाहिर निकाल्यो

काठमाडौं । आइसिसी लिग–२ को त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्धको पहिलो पारीमा अत्यन्तै उत्कृष्ट प्रर्दशन गरेको छ । त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले ब्याक टू ब्याक १० विकेट ढाल्दै नेदरल्याण्ड्सलाई १३७ रनमा नै मैदान बाहिर पठायो ।

नेपालको उत्कृष्ट बलिङमा नेदरल्याण्ड्स १३७ रनमा अल आउट भएको हो ।  आइसिसी लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ३९ ओभरमा अल आउट गरेको हो।

नेदरल्याण्ड्सलाई सस्तोमा अल आउट गर्न कुशल भूर्तेलले सर्वाधिक ४ विकेट लिए। उनले ७ ओभर बलिङ गर्दा २० रनमात्रै खर्चिए। नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डले सर्वाधिक ३३ रन बनाए। ४९ बल खेलेका उनलाई कुशल भूर्तेलले ३४.२ ओभरमा आउट गरेका हुन्। खेलमा ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले एक/एक विकेट लिए।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस