२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेको पहलमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने चरणमा : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पहलमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने चरणमा रहेको बताएका छन् । विश्व सामाजिक मञ्च २०२४ को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गरिने धारणा राखे । उनले एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दाबी गरे । महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बीमासहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको ओली​ले बताए । उनले सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको धारणा राखे ।

त्यस्तै उनले समाजवादले नै मुलुकलाई अघि बढाउन सकिने र सबै प्रकारका विभेद अन्त्य गर्ने बताए । अध्यक्ष ओलीले सामाजिक न्यायका आधारमा परराष्ट्र नीति र सम्बन्ध पारस्परिक लाभलाई अघि बढाउने धारणा राखे ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस