२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले क्यानडासँग तीन एकदिवसीय सिरिज खेल्ने

काठमाडौं । नेपाली क्रिकेटको टीम एले क्यानडासँग एकदिवसीय शृङ्खला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार ३ खेलको सिरिज आइतबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने छ। सिरिजको पहिलो खेल आइतबार, दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार हुनेछ।

क्यानले बुधबार विनोद भण्डारीको कप्तानीमा नेपालको ए टिम घोषणा गरेको थियो। टोलीको प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन्। पहिलो पटक बनेको नेपाल ए प्रधानमन्त्री कप क्रिकेटमा राम्रो प्रदर्शन गरेका तथा अन्डर नाइन्टिन र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरू छन्।

 

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस