२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दिल्लीको दयाल मार्केटमा भीषण आगलागी : कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी । भारतको दिल्लीस्थित अलिपुरमा रहेको दयाल मार्केटमा भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। गएराति करिब ४ घण्टासम्म भएको आगलागीमा परेर अरु ४ जना गम्भीर घाइते भएका छन् भने खोजी र उद्धार जारी छ। दयाल मार्केटमा रहेको एक रासायिनक गोदाममा आगलागी भएको दिल्ली प्रहरीले जनाएको छ।

तीव्र गतिमा फैलिएको आगोबाट कैयौँ मिटर टाढासम्मको बजार प्रभावित भएको छ। दिल्लीका दमकल अधिकारीहरुका अनुसार हिजो साँझ साढे ५ बजे शुरु भएको आगो २२ वटा दमकलले राति ९ बजेपछि नियन्त्रणमा लिएका थिए। आगालागीमा परी ज्यान गुमाउनेको पहिचान खुलेको छैन। गोदामबाट फैलिएको आगोले वरपरका घरमा समेत क्षति पुर्‍याएका कारण मृतक गोदामसँग सम्बन्धित मात्रै नभएको प्रहरीको अनुमान छ। दिल्लीकै शाहदरा क्षेत्रमा गत १८ र २६ जनवरीमा भएका दुई आगलागीका घटनामा १० जनाको मृत्यु भएको थियो।

 

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस