२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले केन्द्रीय सदस्यद्वय ऐन महर र सिराज अहमद फारुकीको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सदस्यद्वय ऐन महर र सिराज अहमद फारुकीको राजीनामा स्वीकृत गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले महर र फारुकीले केन्द्रीय कमिटी सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

बैठकपछि एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले बिज्ञप्ति जारी गरी दुवै जनाको राजीनामा स्वीकृत गरेको जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस