२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हामी छउन्जेल खुल्ला मञ्च सधैँ खुल्ला रहन्छ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेको बताएका छन् । खुलामञ्चबारे महानगरको धारणा स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैँ सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका छौँ।’

धेरैभन्दा धेरै अतिक्रमित क्षेत्र खुला गर्ने प्रक्रियामा महानगर गइसकेको भन्दै उनले यस्ता कुराहरू मिडिया र अभियन्ताको नजरमा कहिल्यै नपरेको उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस