२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ललिता निवास प्रकरणमा ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार अभियोगबाट विजय गच्छदारलाई सफाइ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतबाट उनीसहित अर्का तत्कालील मन्त्री डम्बर श्रेष्ठले पनि सफाए पाएका छन् । विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसला सुनाएको हो ।

गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । अख्तियारले उनीमाथि नक्कली मोही खडा गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको आरोप थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस