२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलेसियामा एकैदिन ५ सय ९९ जनाले लिए एमाले निकट मञ्चको नयाँ सदस्यको शपथ, बन्यो ऐतिहासिक रेकर्ड

क्वालालाम्पुर । रोजगारीको क्रममा प्रवासमा रहेका नेपालीहरुमा पछिल्लो समय नेकपा (एमाले) प्रतिको आकर्षण ह्वात्तै बढेको छ । एमाले निकट संगठन प्रवासी नेपाली मञ्चले केही समययता प्रवासी नेपालीको हितमा गरेको कामका कारण प्रवासी नेपालीहरु एमालेप्रति आकर्षित बनेका हुन । यही क्रममा नेपाली कामदारको आकर्षक गन्तब्य बनेको मलेसियामा एउटै कार्यक्रममा ५ सय ९९ जना प्रवासी नेपाली मञ्चको सदस्य बनेका छन् ।

आफै फारम भरेर लेवीसमेत बुझाई एक भव्य कार्यक्रममा ५ सय ९९ जनाले सदस्यको सपथ लिए । हामी समेत उत्साहित बनेका छौ, नवप्रवेसीहरु आफै खोजेर आउनुभएको छ प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले बताए । अध्यक्ष कुमालका अनुसार मलेसियामा पछिल्लो समय कामदारको हितमा सञ्चालन गरेको कामप्रति आकर्षित हुँदै ५ सय ९९ जनाले नयाँ सदस्यता लिएका हुन । ‘झण्डै ६ सय जनाले सदस्यता लिइसकेका छन, हामी बिशेष अभियान सञ्चालन गरेर कम्तीमा ३ हजार नयाँ सदस्य थप्ने योजना बनाएका छौं,’ अध्यक्ष कुमालले भने ।

प्रवासी नेपाली मञ्च मलेसियाका उपाध्यक्ष जीवन देवानले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कामदारको हितमा गरेको काम र प्रवासमा मञ्चले अघि बढाएको जहाँ प्रवासी नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च भन्ने अभियानले प्रवासमा रहेको मजदुरलाई आकर्षित गरको बताए । देवानले मलेसियाको जस्तै अभियान सवै राष्ट्रिय कमिटीले अघि बढाएको अवस्थामा प्रवासमा रहेका सवै नेपाली मञ्च र एमालेप्रति आकर्षित हुने बताए ।

यस्तै मलेसियाका सचिव कृष्ण खडकाले मिसन ०८४ लाई सफल बनाउन प्रवासी मञ्चले अघि बढाएको योजनाअनुसारको कामले प्रवासमा रहेका नेपाली आकर्षित बनेको र मलेसियामा ५ सय नयाँ सदस्य थपिएको जानकारी दिए । ‘मलेसियामा जे काम गरियो, त्यस्को परिणाम ५ सय नयाँ सदस्य थपिएका हुन, यो अभियान विश्वभर प्रवासी नेपाली मञ्चले सञ्चालन गर्नुपर्छ,’ प्रवासी नेपाली मञ्च मलेसियाका सचिव खडकाले भने ।

मञ्चका निवर्तमान अध्यक्ष एवं राष्ट्रिय कमिटीका सल्लाहकार परिषद सभापति शेरबहादुर गुरुङले सिंगो टीमको कामको परिणाम देखिएको बताए । प्रवासी नेपाली मञ्चका सदस्यता लिएका ५ सय जनालाई नै शपथ गराइएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा यही आइतवार एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई र प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले उनीहरुलाई शपथ गराए । शपथ ग्रहणको क्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापादेखि सिंगो केन्द्रीय कमिटीका नेताहरु सहभागी थिए ।

प्रवासमा यति धेरै संख्यामा एकैपटक सपथ गराइएको प्रवासी नेपाली मञ्चको इतिहासमै यो पहिलो पटक हो । प्रवासी नेपाली मञ्च मलेसियाले एक वर्ष भित्र ३ हजार पार्टी सदस्य पुर्याएर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भब्य कार्यक्रम गर्ने योजना बनाएको छ । एउटै कार्यक्रममा ५ सय ९९ जना नयाँ सदस्यको सफथ गराउने कामप्रति अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले बिशेष बधाई दिए । ‘मलेसियालाई स्यालुट छ, यस्तो कामलाई निरन्तरता दिनोस,’ अध्यक्ष थापाले भने, यो इतिहासकै पहिलो रेकर्ड हो । अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्माले नयाँ सदस्य बनाउने काममा मलेसियाले इतिहास रचेको बताए । प्रवासी नेपाली मञ्च पूर्व एशियाका संयोजक मोहन रायमाझीले मलेसिया कमिटीको यो काम निकै सह्रानीय रहेको बताए । ‘यो निकै सह्रानीय काम हो, यो कामका लागि मलेसियाका सिंगो टीमलाई धन्यवाद दिनुपर्छ,’ रायमाझीले भने । सपथ तथा प्रशिक्षण कार्यक्रममा नेपालबाट गएका जनगायक जीवन शर्मा, जीवन दाहाल, आशा बिसी लगायतका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए ।

तस्बिर : कृष्ण गुप्ता / क्वालालाम्पुर

 

 

 

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस