२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्डको आह्वान- जनयुद्धको उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई छैन, एकजुट भएर प्रतिवाद गरौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको उपलब्धिको रक्षाको लागि सबै एकजुट भएर लाग्न आह्वान गरेका छन्।

पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै गणतन्त्रको विरुद्ध दुस्साहसपूर्ण गतिविधि गरिरहेको बताएका छन्।

उनले भने, ‘माओवादी एउटा शक्तिमा थियो, त्यति बेला सात राजनीतिक दलहरूलाई सामान्तिक निरंकुश राजाहरूको चङ्गुलबाट फुत्याउने र उनीहरूलाई राजनीतिको रंगमञ्चमा फेरि एकचोटी लिएर आउन तागत माओवादीसँग मात्रै थियो। अहिले हामीले पनि कहाँ कहाँ कमजोरी गर्‍यौँ अहिले माओवादी नेतृत्वको आन्दोलन र एजेन्डालाई, माओवादीले गरेको त्याग बलिदान र ऐतिहासिक र दुरगामी कृतिहरूलाई अपमानित तीनै शक्तिहरूले गरिरहेका छन्। प्रतिक्रियावादी, सामन्ती र निरंकुशतावादीहरुले नै गरेका छन्।’

उनले अहिलेको व्यवस्थालाई अपमानित गर्न खोज्नेका विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

उनले थपे, ‘यो महान् उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई छैन। हामीले नयाँ संकल्प लिनु छ। त्यो दुस्साहस गर्नेका विरुद्ध हामीले प्रतिवाद गर्नुपर्छ। जनयुद्धको उपलब्धिलाई अपमानित गर्ने छुट छैन। जनयुद्धमा सहभागी सम्पूर्ण नेता कार्यकर्तालाई एउटै मोर्चामा सहभागी हुन अपिल गर्छु। अब ढिलो नगरौँ जति ढिलो गर्यौं भने त्यति धेरै क्षति हुन्छ। खुला मनले आत्मालोचना गरौँ बसौँ।’

 

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस