२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दृष्टिविहीनहरूले अगरबत्ती बेचेर जोगाएको पैसा खाइदियो सहकारीले

काठमाडौं । अहिले सहकारी पीडितहरुको व्यथा जताततै छ । यही पीडाबाट दृष्टिविहीनहरू समेत पिल्सिएका छन् । उमेश थापा र उनका दृष्टिविहीन साथीहरूले ९–१० वर्षदेखि घरघर डुलेर अगरबत्ती बेचेर ३३ लाख रुपैयाँसम्म बचत गरेका थिए। उनीहरूले यो पैसा ज्योति कुन्ज सहकारीमा बचत गर्दै आइरहेका थिए। त्यही सहकारीमा काम गर्दै आइरहेकी चन्द्रकला कार्कीले संस्था छोडेसँगै उनीहरूलाई अर्को सहकारी संस्थामा रकम राख्न फकाइन्।

पुरानो सहकारीभन्दा यो सहकारी ठूलो भएको र केही समस्या परे आफ्नै सम्पत्ति बेचेर पनि यो रकम फिर्ता दिलाउने भरोसा चन्द्रकलाले दिएपछि थापाले यो रकम देउराली बहुउद्देश्यीय सहकारीमा सारे। तर, अहिले सहकारीमा समस्या आयो। उनीहरूले दुःख गरेर जम्मा गरेको बचत फिर्ता पाउनै सकेनन्। हामी दृष्टिविहीनहरूले सम्मानजनक बाँच्न अगरबत्ती बनाउने र बेच्ने काम गर्न थाल्यौं, थापाले भने, हामीले अगरबत्ती उत्पादन र बिक्रीको चक्रलाई आफ्नो दैनिकी बनाएका थियौं, यसरी जोगाएको रकम सहकारीले खाइदियो।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस