२०८१ कार्तिक २४ गते शनिवार | 2024 November 9th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नापी कार्यालय कलंकीका सर्भेक्षक १ लाख घुससहित समातिए, लेखापढीका कर्मचारीपनि समातिए

काठमाडौं। नापी कार्यालय कलंकीका सर्भेक्षक १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईलाई पक्राउ गरेको हो । यस्तै टोलीले ‘राजधानी लेखापढी सेवा’ का लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई पनि पक्राउ गरेको छ ।

दुई जना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । चौलागाई र पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस