२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य आज झनै ह्वात्तै घट्यो

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । आइतबारदेखि लगातार घटिरहेको सुन आज झनै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुनको मूल्य आज सोमबार ४०० रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज मंगलबार अझै घटेर छापावाल सुनको मूल्य मात्र एक लाख १८ हजार कायम भएको छ ।

गत आइतबार छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भएकोमा सोमबार १३९० रुपैयाँमा कारोबार भएको थियो । आज मंगलबार चाँदीको मुल्य तोलामा १३७५ कायम भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस