२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशकाे अर्थतन्त्र फेलियरको अवस्थामा पुग्यो: पूर्व अर्थमन्त्री पौडेल

काठमाडौँ । देशको अर्थतन्त्र सुधार भयो भनेर अर्थमन्त्री डा. प्रकाश सरण महतले भनिरहेको तर प्रधानमन्त्रीले सुधार गर्दैछु भन्नुले एउटै सरकारमा दुई थरी कुरा बाझिएको बताएका छन् । प्रधानमन्त्री आर्थिक अवस्था सुधार गर्दैछु भन्दै छन् उता अर्थमन्त्री भने राम्रो रहेको बताउने गरेको पौडेलको भनाइ थियो ।

सत्ता गठबन्धनका नेताहरूका कारण देशका सबै क्षेत्र फेलियर भएको छ । सो कारण देश पछाडि धकेलिएको नेता पौडेलले आरोप लगाएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अहिलेको परिस्थिति कहालीलाग्दो रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशको हरेक क्षेत्र समस्यामा मात्र होइन गम्भीर समस्यामा परेको बताए । ‘गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र स्वार्थले गर्दा देश आज छियाछिया भएको छ’, पौडेलले भने ।

पौडेलले अहिले देश मल्टी अर्गान फेलियरको अवस्थामा पुगेको टिप्पणी गरे । ‘जता हे¥यो खराब छ, देशलाई यो ठाउँमा ल्याउने काम अहिलेको गठबन्धन सरकारले गरेको हो’, उनले भने । शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, अर्थतन्त्र सुशासन, कृषि, पर्यटन काहीँ पनि चित्त बुझाउने अवस्था नरहेको पौडेलले बताए । यस विषयमा पत्रकारले अझ बुलन्द आवाज उठाउनु पर्ने अवस्था रहेको पौडेलले प्रस्ट पारे ।

एमाले प्रतिपक्षमा रहेको नाताले एमालेले पनि यी आवाज सशक्त रूपमा उठाउने पौडेलले बताए । अहिलेको सत्ताले प्रतिपक्षमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरेकोले प्रतिपक्षका आवाजलाई उपेक्षा गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । यस अर्थमा एमालेको आवाज र आन्दोलन थप सशक्त हुने उहाँले बताउनुभयो । सदनमा प्रतिपक्षीले उठाएको आवाज सुनुवाइ नभए सडकबाट पनि सशक्त दबाब दिने अवस्था आउने पौडेलले चेतावनी दिए ।

अहिले साधारण खर्च धान्ने राजश्व समेत सरकारले उठाउन नसकेको पौडेलले बताए । अन्तर्राष्ट्रिय सहयोग र अनुदानमा गिरावट आएकोले देश टाट पल्टने अवस्थामा पुगेको भन्दै पौडेलले चिन्ता व्यक्त गरे । मुलुकको अर्थतन्त्रको समस्या समाधान त परै जाओस् अहिलेको सरकारले अर्थतन्त्रको समस्या समेत बुझ्न नसकेको पौडेलले बताए । जनता र राष्ट्रका माग सम्बोधन गराउन अब सशक्त जनदबाब आवश्यक रहेको पौडेलको धारणा छ ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस