२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सर्लाही दुर्घटना: कार्यालय सहयोगीको मृत्यु , १० कर्मचारीको उपचार हुँदै

Road Accident

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरियामा सोमवार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नापी कार्यालय सर्लाहीका कार्यालय सहयोगी ६० वर्षीय विनोद घिमिरे रहेका छन् । सोमबार राति बी.आ. ०६ पी. डी ९६४८ नम्बरको सफारी ज २ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा ११ जना घाइते भएको थिए । सफारीमा नापी कार्यालय सर्लाहीका कर्मचारी सवार थिए ।

दुर्घटनामा घाइते नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय सञ्जय मानन्धरसहित १० जनाको उपचार भैरहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियारले जानकारी दिए । घाइतेमध्ये प्रमुख मान्धर, मलंगवा ३ का ३५ वर्षीय रामलाल साह र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर छन् ।

त्यस्तै घाइते हुनेहरुमा सर्लाहीको कौडेना गाउँपालिका २ बस्ने वर्ष २४ का संजित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने वर्ष ३० का रिटेन यादव, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ५० का बैधनाथ पटेल, मलंगवा नगरपालिका ७ बस्ने वर्ष ३४ का रामबावु राय, धनुषाको शहीदनगर नगरपालिका ७ बस्ने वर्ष २९ का दिपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका २० बस्ने वर्ष २४ का शहीद अनवर र महोत्तरी बस्ने वर्ष २५ का अजय यादव छन् ।

 

 

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस