२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त

Padma Prasad Pandey appointed as Secretary General of Federal Parliament Nepal

काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा निवासी पाण्डेलाई आजदेखि लागू हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गरेका हुन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम पाण्डेयलाई महासचिव पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

 

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस