काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेको सुनको मूल्य आज सोमबारपनि ४०० रुपैयाँले घटेको छ । महासंघका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत आइतबार छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भएकोमा सोमबार १३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।