२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन् एमाले संसदीय दलको बैठकले गरेका ४ निर्णय

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसद् र समिति बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । आइतबार सम्पन्न दलको बैठकले बैठकहरूमा अनिवार्य उपस्थित भएर प्रभाकारी भूमिका खेल्न निर्देशन दिएको प्रमुख सचेतक पदम गिरीले बताए ।

यस्तैले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितका सवारीमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको उनले बताए । युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्था लाई मध्यनजर गरी अप्ठ्यारोमा रहेका नेपाली युवाहरू लाई अविलम्ब स्वदेश फर्काउन पनि सरकारलाई आग्रह गरेको छ ।

यस्तै पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य वसन्त नेम्बाङ बिरामी भई हाल उपचारार्थ रहेकोमा उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ ।

 

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस