२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेविरूद्ध कास्की प्रहरीमा जाहेरी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडितहरूले प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरूद्ध जाहेरी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने, दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीहरूविरूद्ध जाहेरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनबहादुर थापाले जानकारी दिए।

‘हप्ता दिनदेखि हामीले अनुसन्धान गरिरहेकै छौं। यसमा पूरक जाहेरी आएको हो। यसअघि निवेदन पनि आइसकेको थियो। आज फेरि कम्पनीहरू र नाम जाहेरी परेको हो,’ उनले भने, ‘पूरक अनुसन्धान पेस गर्छौं। जाहेरी नै नभएपनि अनुसन्धान गर्न बाधा हुँदैन थियो। सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि पनि पटकपटक लामिछानेविरूद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन्।’

सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ। प्रहरीले पुर्पक्षका लागि थुनामा रहेका आइटी अफिसर भगेश्वर अर्याललाई कार्यालयमा झिकाएर अनुसन्धान गरिरहेको छ। समितिका संयोजक किरण श्रेष्ठले यसमा कुनै पनि व्यक्तिमाथि पूर्वाग्रह नभएको बताए। ‘कुनै पनि व्यक्तिमाथि हाम्रो पूर्वाग्रह छैन। हामीले यसमा अनुसन्धानमा नाम आएका व्यक्तिहरूमाथि छानबिन हुनुपर्छ भनेर माग गरेका हौं,’ श्रेष्ठले भने।’

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस