२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेकाे हो । महासंघका अनुसार आइतबार छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस