२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रेस चौतारी नेपालबाट अन्नपूर्ण देनिकका सम्पादक भण्डारीसहित ६ जना पुरस्कृत

Press Chautari

काठमाडौं । प्रेस चौतारी नेपालले अन्नपूर्ण देनिकका सम्पादक अखण्ड भण्डारीसहित ६ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । प्रेस चौतारीले स्थापना दिवसको दिन हरेक बर्ष प्रदान गर्ने विभिन्न ६ वटा पुरस्कारहरुमा पुस्कृत हुनेहरुको नामावली घोषणा गरेको हो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार यो बर्षको हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने निर्णय भएको छ । यसैगरी अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार सिन्धुपाल्चोक घर भई काठमाडौंमा विभिन्न सञ्चार माध्यममा लामो समयदेखि क्रियाशील पत्रकार माधव नेपाललाई प्रदान गरिने भएको छ । माधव नेपाल प्रेस चौतारीका पूर्व बरिष्ठ उपाध्यक्ष समेत हुन् ।

यसैगरी डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रुकुमपूर्वका महेश केसी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार रौतटहका फनिदेव महत, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेपलाञ्चोककी काजल तामाङ र चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार रामेछापकी यसिमा महतलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् । फनिदेव प्रेस चौतारी नेपाल मधेस प्रदेशका अध्यक्ष एवं विभिन्न मुलधारका सञ्चार माध्यममा काम गरिसकेका स्थापित पत्रकार हुन् । महेश रुकुम पूर्वबाट कान्तिपुरका लागि समाचार लेख्छन् । महत प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य एवं जनता टाइम्सकी कार्यकारी सम्पादक हुन् ।

पत्रकारहरुको अग्रणी छाता संगठन प्रेस चौतारी नेपालले यो बर्ष २६ औँ स्थापना दिवस मनाउँदैछ । हरेक बर्ष माघ २२ गते प्रेस चौतारी नेपाल स्थापना दिवस पर्दछ ।

 

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस