२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एन्फा अध्यक्ष नेम्वाङलाई जवाफ फर्काउँदा विमानस्थलबाटै फर्काइए रेफ्री शाक्य

Referee Shakya was sent back from the airport when ANFA president Nemwang replied

काठमाडौं । विहीबारबाट बंगलादेशको ढाकामा सुरु हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला च्याम्पियनसिपका लागि प्रस्थान गरेकी फिफा सहायक रेफ्री राधिका शाक्य विमानस्थलबाट घर फर्कन बाध्य भएकी छिन् । बुधबार राष्ट्रिय टोलीसँगै विमानस्थल पुगेकी शाक्य घर फर्किन बाध्य भएकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राष्ट्रिय टोलीसँगै रेफ्री फिफा रेफ्री अन्जना राई र शाक्यलाई बिदाई गरेको थियो ।

मंगलबार अन्तिम समयमा एन्फाले शाक्यको नाम काटिदिएको बुझिन्छ । साफ च्याम्पियनसिप जस्तो ठूलो अवसरका लागि तयार रहेकी शाक्य हातमा नियुक्ति पत्र, भिसा र टिकट हुनका बावजुद अध्यक्ष नेम्वाङलाई जवाफ फर्काएकी कारण प्रतियोगितामा सहभागी हुन पाइनन् । ‘विमानस्थलमा आएर बल्ल थाहाँ पाएँ । कारणहरु त्यस्तो केही पनि छैन । तर, पनि केही खबर नै नगरीकन मेरो नाम काटिएको रहेछ, ’ घटनापछि शाक्यले दुख पोखिन्, ‘यस्तो पनि हुँदो रहेछ । मेरो त्यत्रो मिहिनेत खेरा गयो । स्थानीय भए त केही फरक पर्दैन थियो । तर, अन्तर्राष्ट्रिय अवसर गुमाउनु पर्याे ।’

शाक्यले यस्तो परिस्थिति आउने सोचेकी पनि थिइनन् । तर, घटनापछि भने बुधबार एन्फा अध्यक्षसँग परेको जवाफ सम्झेको बताइन् । ‘बुधबार विदाई कार्यक्रमको समापनपछि म तल गएको थिएँ । सबै खेलाडी र अफिसियलहरु भने फोटो खिचेर बसिरहेका थिए । पछि म, इन्दु (दुवाल) र अन्जना कुरा गरिरहको बेला अध्यक्ष आएर आक्रोशित मुद्रामा तँ नबोल भन्नुभयो,’ शाक्यले घटना सुनाइन्, ‘ अध्यक्षको यस्तो शब्दपछि मैले पनि म किन नबोल्ने भनेर जवाफ फर्काएको हो ।’

एन्फा आन्तरिक विवाद र नेतृत्वका कारण बिमानस्थलबाट फर्कन परेको घटना भने पहिलो हैन । यसअघि उपाध्यक्ष विराटजंग शाही पनि विमानस्थलबाट फर्कन परेको थियो । घर परिवारबाट बिदाई पछि विमानस्थल पुगेका उनको स्थानमा अध्यक्ष नेम्वाङले मणिराज विष्टलाई फिफाको कार्यक्रममा सहभागी गराएका थिए । प्रतियोगितामा सहभागी हुन ३१ सदस्यीय नेपाली टोली ढाका प्रस्थान गरेको छ । सारा बज्राचार्यको कप्तानीमा नेपालले भारत, बंगलादेश र भुटानसँग खेल्नेछ ।

 

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस