२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानी बारे छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो ।

मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो । उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि संघले काम अघि बढाएको बताउनु भयो । छलफलका क्रममा सुदुरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना राई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस