२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दरबार हत्याकाण्ड बारे बोले पूर्व राजा, भने राख्न देखिएको श्रीपेच लिने दिन आयो [भिडियोसहित]

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देश बचाउन हामी माथि जनताको निरन्तर आह्वान छ भनेका छन् । एक कार्यक्रममा बोल्दै शाहले देशका लागि यही बसौ भनेर हामीले हाम्रा पुर्खाको गौरव चीर कालका लागि सुरक्षित राख्नु भनेर दिएको श्रीपेच अब त्यो फिर्ता लिने बेला आएको खुलाए ।

उनले आफ्ना अभिभावक गुमाएको कठिन क्षणमा समेत पुग-नपुग ७ बर्ष राष्ट्र प्रमुख भएर काम गरेको स्मरण गरे । उनले २०५८ सालमा घटेको कहालीलाग्दो घटनालाई राजनीतिक धेरै जालझेल गरेर आम नागरिकमा नकारात्मक भावना फैलाएको खुलाए । उनले घटनाको प्रत्यक्षदर्शी जीवित नै रहेको भन्दै, सत्य जहिलै सत्य हुने, असत्यको विजय कहिले नहुनेछ । अज्ञानता र छलले हामीमाथी महा-अन्याय भएको छ भन्दै, उनले सबै कुरा खोल्ने संकेत गरेका छन् ।

उनले भने हाम्रो समस्याको निवारण हामी आफैले गर्नुपर्छ । अरुले गरिदिने हैन। तर दुःखका साथ भन्नुपर्छ । हाम्रो देश चरम दुर्भाग्यपूर्ण अवस्थामा आएको छ । तर अब बेला आएको छ । आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा श्रम गर्ने जमाना गयो । अब आफ्नै बनाउन हामी लाग्नै पर्छ । बाँकी सनसनीपूर्ण भाषणको भिडियोमा हेर्नुहोला ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस